काठमाडौं– म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस २०२५–२६ सिजनको पीएफए ‘प्लेअर अफ द इयर’ घोषित भएका छन्।
उनले प्रिमियर लिगमा २१ असिस्ट र ९ गोल गर्दै युनाइटेडलाई तेस्रो स्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। पीएफएको पुरुषतर्फको वार्षिक अवार्ड जित्ने फर्नान्डेस दोस्रो पोर्चुगिज खेलाडी बनेका छन्।
यसअघि क्रिस्टियानो रोनाल्डोले सन् २००७ र २००८ मा लगातार दुईपटक यो अवार्ड जितेका थिए। युनाइटेडका खेलाडीले यो अवार्ड अहिलेसम्म सर्वाधिक १२ पटक जितिसकेका छन्।
महिलातर्फ म्यानचेस्टर सिटीकी खदिजा शाले अवार्ड जितिन् भने पुरुषतर्फ सिटीका निको ओ’राइली र महिलातर्फ आर्सनलकी ओलिभिया स्मिथ ‘युवा खेलाडी अफ द इयर’ बने।
पीएफए ‘टिम अफ द इयर’मा आर्सनलका चार खेलाडी, म्यानचेस्टर सिटीका तीन तथा युनाइटेड, ब्रेन्टफोर्ड र अन्य क्लबका खेलाडी समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।