काठमाडौं– सामसङले आफ्नो नयाँ ग्यालेक्सी जेड सिरिजअन्तर्गत ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८, ग्यालेक्सी जेड फ्लिप८ तथा नयाँ ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी वाच९ नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यी सबै डिभाइसको बिक्री अगस्ट २६ अर्थात् भदौ १० गतेदेखि नेपालभर सुरु हुनेछ। नयाँ ग्यालेक्सी जेड सिरिजले प्रोडक्टिभिटी, कन्टेन्ट डिस्कभरी र सेल्फ–एक्सप्रेसनका लागि फरक–फरक अनुभव दिने कम्पनीले जनाएको छ। नयाँ सिरिजप्रति ग्राहकको सुरुवाती आकर्षण पनि बलियो देखिएको सामसङको दाबी छ।
प्रि–अर्डरमा ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रामा भायोलेट स्याडो, ग्यालेक्सी जेड फोल्ड८मा ल्याभेन्डर र ग्यालेक्सी जेड फ्लिप८मा पिङ्क रङ सबैभन्दा लोकप्रिय बनेका छन्।
ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा : फोल्डेबलमा अल्ट्रा अनुभव
ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रालाई सामसङले फोल्डेबल फोनमा अल्ट्रा स्तरको अनुभव दिने फोनका रूपमा प्रस्तुत गरेको छ। यसमा ठूलो वर्कस्पेस, अपग्रेड गरिएको क्यामेरा सिस्टम र हेभी क्रिएटिभ वर्कका लागि आवश्यक पर्फर्मेन्स रहेको कम्पनीले जनाएको छ।
फोनमा ८ इन्चको मेन डिस्प्ले रहेको छ। यसले मल्टिटास्किङ तथा क्रिएटिभ कामका लागि थप ठाउँ उपलब्ध गराउँछ। नाउ नज सुविधाले प्रयोगकर्तालाई कुराकानीबाट आवश्यक कामतर्फ छिटो अघि बढ्न सहयोग गर्ने कम्पनीको दाबी छ।
ग्यालेक्सी जेड फोल्ड८ : कन्टेन्ट हेर्न नयाँ अनुभव
ग्यालेक्सी जेड फोल्ड८ लाई प्रयोगकर्ताको एक्सप्लोर, डिस्कभर र इमर्सिभ कन्टेन्ट अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको छ।
यसको फराकिलो कभर स्क्रिनमा म्यासेजिङ, ब्राउजिङ र सर्ट–फर्म भिडियो हेर्न सहज हुने बताइएको छ। त्यस्तै, ४:३ मेन डिस्प्लेमा भिडियो हेर्न, रिडिङ तथा गेमिङका लागि थप इमर्सिभ अनुभव प्राप्त हुने कम्पनीले जनाएको छ।
ग्यालेक्सी जेड फ्लिप८ : ५० मेगापिक्सेल क्यामेरा
ग्यालेक्सी जेड फ्लिप८ सामसङले सार्वजनिक गरेको अहिलेसम्मकै स्लिकेस्ट फ्लिप फोन भएको कम्पनीको दाबी छ। यसलाई छिटो इन्टर्याक्सन र सेल्फ–एक्सप्रेसनलाई ध्यानमा राखेर डिजाइन गरिएको छ।
फोनमा ५० मेगापिक्सेल क्यामेरा, प्रोभिजुअल इन्जिन तथा फ्लेक्सक्याम जस्ता फिचर छन्। यी फिचरले फोनलाई विभिन्न कोणमा राखेर फोटो तथा भिडियो खिच्न सहज बनाउने कम्पनीले जनाएको छ।
ग्यालेक्सी वाच अल्ट्रा२ र वाच९
सामसङले नयाँ फोल्डेबल फोनसँगै ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी वाच९ पनि नेपाली बजारमा ल्याएको छ।
यी स्मार्टवाचले दैनिक हेल्थ डाटालाई अझ उपयोगी र एक्सनयोग्य गाइडमा परिणत गर्न सहयोग गर्ने कम्पनीको दाबी छ। दुवै वाचमा स्न्यापड्रागन वेयर एलिट प्लेटफर्म प्रयोग गरिएको छ।
निरन्तर हेल्थ ट्र्याकिङ, सुधारिएको पर्फर्मेन्स, कम्फर्ट र ब्याट्री लाइफलाई नयाँ वाचमा प्राथमिकता दिइएको छ।
२४ महिनाको ईएमआई सुविधा
सामसङले नयाँ डिभाइस खरिद गर्ने ग्राहकका लागि २४ महिनाको ईएमआई सुविधा पनि ल्याएको छ। ईएमआई सुविधा मासिक रु. ५ हजार २९१ बाट सुरु हुनेछ।
कम्पनीका अनुसार ईएमआईका लागि नागरिकता मात्रै आवश्यक पर्नेछ। यसले ग्राहकलाई नयाँ डिभाइस खरिद गर्न थप सहज हुने कम्पनीको भनाइ छ।
नेपालमा नयाँ डिभाइसको मूल्य
ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा (१२+५१२ जीबी) — रु. ३,३९,९९९
२४ महिनाको ईएमआई — रु. ९,२२५
ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा (१२+२५६ जीबी) — रु. २,९९,९९९
२४ महिनाको ईएमआई — रु. ८,१४०
ग्यालेक्सी जेड फोल्ड८ (१२+२५६ जीबी) — रु. २,७४,९९९
२४ महिनाको ईएमआई — रु. ७,४६२
ग्यालेक्सी जेड फ्लिप८ (१२+२५६ जीबी) — रु. १,९४,९९९
२४ महिनाको ईएमआई — रु. ५,२९१
ग्यालेक्सी वाच अल्ट्रा२ — रु. १,२३,४९९
ग्यालेक्सी वाच९ (४४ एमएम) — रु. ७१,४९९
ग्यालेक्सी वाच९ (४० एमएम) — रु. ६६,४९९
नयाँ ग्यालेक्सी जेड सिरिज तथा ग्यालेक्सी वाच सिरिज अगस्ट २६ देखि नेपालभर बिक्रीका लागि उपलब्ध हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।