काठमाडौं– नेपाली महिला फुटबल खेलाडी सीमा रानी घले क्रोएसियाको क्लबमा अनुबन्ध भएकी छन्।
डिफेन्डर सीमालाई क्रोएसियाको शीर्ष महिला फुटबल प्रतियोगिता ‘ए’ डिभिजन क्लब जेडएनके स्प्लिटले अनुबन्ध गरेको हो।
सीमाले एफसी बुद्धबाट आफ्नो फुटबल यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले दुई वर्षअघि भएको एन्फा महिला लिगमा संकटा फुटबल क्लबको प्रतिनिधित्व गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।