काठमाडौं– चेल्सीले प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ।
सोमबार भएको खेलमा चेल्सीले फुलह्यामलाई ३–२ गोलले पराजित गरेको हो। क्लबको कीर्तिमानी रकममा अनुबन्ध भएका मर्गन रोजर्सले डेब्यु खेलमै गोल गर्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिए।
खेल सुरु भएको ३२ सेकेन्डमै ब्राजिलियन खेलाडी जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर‚ पहिलो हाफको मध्यतिर जोस किङले गोल गर्दै फुलह्यामलाई खेलमा फर्काए।
पहिलो हाफ सकिँन चार मिनेटअघि रोजर्सले उत्कृष्ट ‘कटब्याक’मा गोल गर्दै चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए। एस्टन भिल्लाबाट गत महिना चेल्सीमा आएका रोजर्सका लागि यो डेब्यु खेलमै आएको महत्त्वपूर्ण गोल थियो।
दोस्रो हाफ सुरु भएको चार मिनेटपछि कोल पाल्मरले उत्कृष्ट फिनिसिङ गर्दै चेल्सीको अग्रता ३–१ बनाए। तर‚ फुलह्यामले केही समयमै गोल फर्कायो। गोलरक्षक सान्चेजले टिमोथी कास्टान्येको ‘लो क्रस’ रोक्ने प्रयास गरे पनि बल पूर्ण रूपमा नियन्त्रण गर्न नसकेपछि गोन्जालो गार्सियाले हेडमार्फत गोल गरे। तर, उक्त गोल पर्याप्त रहेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।