काठमाडौं। लिभरपुलले न्युक्यासल युनाइटेडसँग रोमाञ्चक २–२ को बराबरी खेल्दै एक अंक जोगाएको छ।
सेन्ट जेम्स पार्कमा आइतबार सम्पन्न खेलको अन्तिम समयमा डोमिनिक सुबोस्लाईले पेनाल्टीमा गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो।
न्युक्यासलले खेलको पाँचौं मिनेटमै एन्थोनी एलाङ्गाको गोलबाट उत्कृष्ट सुरुआत गरेको थियो। तर‚ दोस्रो हाफ सुरु भएको १० मिनेटमै कोडी गाक्पोले लिभरपुललाई बराबरीमा ल्याए।
न्युक्यासलका जो विलकले बेन्चबाट मैदान प्रवेश गरेलगत्तै गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए। तर‚ इन्जुरी समयको अन्तिमतिर न्युक्यासलका डिफेन्डर लुइस हलले लिभरपुलका वैकल्पिक खेलाडी भिक्टर मुन्योजलाई पेनाल्टी क्षेत्रमा फाउल गरे। रेफ्रीले लिभरपुललाई पेनाल्टी दिए।
त्यसलाई हंगेरीका मिडफिल्डर सुबोस्लाईले कुनै गल्ती नगरी लिभरपुललाई २–२ को बराबरी दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।