• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

स्टार्क घातक बन्दा ६४ रनमै समेटियो बंगलादेश

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०८३  १०:१४
1140x725

काठमाडौं– अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज सुरु हुनुअघि क्रिकेट अस्ट्रेलिया–११ विरुद्धको अभ्यास खेलमा ५४ रनमै अलआउट भएको बंगलादेशले डार्विनमा भने सानदार पुनरागमन गर्दै ९ विकेटको ऐतिहासिक जित निकालेको थियो। 

त्यही आत्मविश्वासका साथ म्याकाय टेस्टमा उत्रिएको बंगलादेश भने पहिलो इनिङ्समै निराशाजनक प्रदर्शन गर्दै आफ्नो टेस्ट इतिहासकै चौथो न्यूनतम ६४ रनमा अलआउट भएको छ।

बंगलादेशलाई सस्तैमा समेट्न अस्ट्रेलियालाई ३४ ओभर लाग्यो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशको शीर्षक्रमलाई मिचेल स्टार्कले सुरुआतमै तहसनहस पारे। स्टार्कले २२ बलमै ५ विकेट लिँदै बंगलादेशलाई ६.४ ओभरमा १२ रनमै ५ विकेट गुमाउने अवस्थामा पुर्‍याए। उनले चार ओभरमध्ये तीन मेडन राख्दै चार रन खर्चेर फाइफर पूरा गरेका थिए।

स्टार्कले इनिङ्सको पहिलो बलमै सादमान इस्लामलाई क्यामरन ग्रीनको हातबाट क्याच गराउँदै पभेलियन फर्काए। त्यसपछि अर्को ओभरमा लगातार दुई बलमा तान्जिद हसन तमीम र कप्तान नजमुल हुसेन शान्तलाई आउट गरे। बंगलादेशका सुरुआती तीन ब्याटर नै खाता खोल्न नपाउँदै आउट भए।

त्यसपछि मुमिनुल हक ९ रनमा स्टार्ककै बलमा आउट भए भने लिटन दास पाँच बल सामना गर्दै शून्य रनमै पभेलियन फर्किए। एक समय बंगलादेशले १२ रनमै पाँच विकेट गुमाइसकेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मुशफिकुर रहिमले केही समय इनिङ्स सम्हाल्ने प्रयास गरे। उनले ४२ बल सामना गरे पनि ५ रनभन्दा बढी बनाउन सकेनन्। उनी आउट हुँदा बंगलादेश २१ रनमा ६ विकेट गुमाएको अवस्थामा थियो।

त्यसपछि मेहदी हसन मिराज र हसन महमुदले १४ रनको अविजित साझेदारी गर्दै पहिलो सत्र पार गरे। लन्चसम्म मिराज ११ र हसन ८ रनमा अविजित थिए। यससँगै बंगलादेश आफ्नो टेस्ट इतिहासकै न्यूनतम २६ रनमा अलआउट हुने सम्भावनाबाट भने टाढिएको थियो। तर‚ ४३ रनको न्यूनतम स्कोरको रेकर्डबाट बच्न अझै संघर्ष गर्नुपर्ने अवस्था थियो।

दोस्रो सत्रको सुरुआतमै प्याट कमिन्सले मिराज र हसनको साझेदारी तोडे। मिराज ११ रनमा ब्यू वेबस्टरको हातबाट क्याच भए। त्यसपछि अर्को ओभरमा जोस हेजलवुडले हसन महमुदलाई १० रनमा नाथन लायनको हातबाट क्याच गराए।

Xtrem
Xtrem

कमिन्सले त्यसपछि तास्किन अहमदलाई १ रनमा आउट गरे। उनी म्याथ्यु रेनशको हातबाट क्याच भए। ३९ रनमा नवौं विकेट गुमाएपछि बंगलादेश आफ्नो टेस्ट इतिहासकै न्यूनतम ४३ रनमा समेटिने जोखिममा पुगेको थियो।

तर‚ ताइजुल इस्लाम र शरीफुल इस्लामले टोलीलाई त्यो लज्जास्पद कीर्तिमानबाट जोगाए। ताइजुलले ३०औं ओभरको अन्तिम बलमा हेजलवुडलाई चौका प्रहार गर्दै टोलीको स्कोर ४३ रनभन्दा माथि पुर्‍याए। त्यसपछि शरीफुलले १४ रन बनाएर बंगलादेशको पारीमा सर्वाधिक व्यक्तिगत योगदान दिए।

शरीफुल र ताइजुलले अन्तिम विकेटका लागि ३५ बलमा २५ रनको महत्त्वपूर्ण साझेदारी गरे। अन्ततः स्टार्कले शरीफुललाई आउट गर्दै बंगलादेशको पारी ६४ रनमा टुंग्याए। ताइजुल ११ रनमा अविजित रहे।

अस्ट्रेलियाका लागि स्टार्क सर्वाधिक सफल बलर रहे। उनले १० ओभरमा १२ रन खर्चेर ६ विकेट लिए। 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्