काठमाडौं– नेपालले टप एन्ड टी–२० सिरिजमा शनिबार बंगलादेश हाई पर्फर्मेन्स ११ को सामना गर्दैछ।
डार्विनस्थित मरारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ।
नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा नेपाल एनटी स्ट्राइकर्ससँग ८ विकेटले पराजित भएको थियो।
नेपालले बंगलादेश हाई पर्फर्मेन्सविरुद्ध ब्याटिङमा सुधार गर्दै बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। गत वर्षको भेटमा बंगलादेश ‘ए’ले नेपाललाई ३२ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।