काठमाडौं– अस्ट्रेलियामा आजदेखि सुरु भएको टप एन्ड टी–२० लिगमा नेपाल ‘ए’ले त्यहाँको एनटी स्ट्राइकलाई १२३ रनको समान्य लक्ष्य प्रस्तु गरेको छ ।
नेपालको टप अर्डर कोल्याप्स हुँदा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रनमै समेटियो । नेपालका लागि पवन सर्राफले मात्र सर्वाधिक ४१ रन बनाए ।
लोकेश बम १६, नारायण जोशीले १५, कप्तान अनील शाह १४, तृतराज दासले १३ र रासिद खानले १० रन जोडे । कुशल भुर्तेल शून्यमा आउट भएका थिए ।
एनटी स्ट्राइकका लागि हमिस मार्टनले चार ओभरमा १९ रन खर्चिँदै ३ विकेट लिए । टम मार्जिज, साम बार्कर, विलियम ब्लायर र डी आर्सी सर्टले एक/एक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।