काठमाडौं– नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको पुरुष टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा फेरि तेस्रो स्थानमा उक्लिएका छन् ।
आईसीसीको पछिल्लो वरीयताअनुसार ऐरीले २५६ रेटिङ अंकसहित तेस्रो स्थान हासिल गरेका हुन् ।
यसअघि पनि ऐरी टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा पुगिसकेका थिए । तर केही समययता उनी त्यो वरीताबाट तल झरेका थिए । अहिले फेरि उनी तेस्रो नम्बरमा उक्लिएका हुन् ।
वरीयतामा जिम्बाब्वेका सिकन्दर राजा ३२० अंकसहित पहिलो तथा पाकिस्तानका साइम अयुब २७५ अंकसहित दोस्रो स्थानमा छन् । ऐरीपछि वेस्ट इन्डिजका रोस्टन चेज २४९ अंकसहित चौथो स्थानमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।