काठमाडौं– कर्नाटक स्टेट टोलीविरुद्धको अभ्यास खेलमा नेपालले ११६ रनको शानदार जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा १८८ रन बनाएपछि १८९ रनको लक्ष्य पछ्याएको कर्नाटक २८ ओभरमा ७२ रनमै अलआउट भयो।
कर्नाटकका लागि शरथ श्रीनिवासले अविजित ३२ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
नेपालका बलरमध्ये करण केसीले २ विकेट, ललित राजवंशीले २, शेर मल्लले २, सन्दीप लामिछानेले १, बशीर अहमदले २ र हेमन्त धामीले १ विकेट लिए।
नेपालले दिएको १८९ रनको लक्ष्य कर्नाटकले पछ्याउन नसक्दा नेपाल ११६ रनले विजयी भएको हो। अभ्यास खेलमा नेपालको बलिङ र अलराउन्ड प्रदर्शन प्रभावशाली रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा १८८ रन मात्र बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४९ रन बनाए। उनले ७० बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै इशान पाण्डेले ३४, देव खनालले २७, सन्दीप जोराले २७ तथा बशीर अहमदले अविजित १९ रन बनाए।
गुल्शन झाले ११ रन जोड्दा रोहित पौडेलले ४, सन्दीप लामिछानेले २ र शेर मल्लले १ रन बनाए। अर्जुन कुमाल र करण केसी भने खाता नखोली आउट भए।
कर्नाटकका कीर्ति एमले ५ विकेट लिए। आदित्य गोयल, अरविन्द कुमार राय, चिरन्त शिवरुद्रा, सागर गौतम, समर्थ श्रीनिवासले समान १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।