काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिनि अक्सन सुरु भएको छ । आज दिउँसो ४ बजेदेखि अक्सन सुरु भएको हो ।
क्यानका अनुसार अक्सनका लागि कुल १५५ जना खेलाडीहरूलाई अन्तिम सूचीमा समावेश गरिएको छ । यसअघि नाम दर्ता गराएका ३४७ जनामध्येबाट १५५ जना खेलाडीहरू अक्सनको 'सर्टलिस्ट' मा परेका हुन् । जसमा क्याटेगोरी 'ए' मा ५ जना, क्याटेगोरी 'बी' मा २७ जना र क्याटेगोरी 'सी' मा १२३ जना खेलाडीहरू रहेका छन् ।
अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ जना खेलाडीहरूलाई खरिद गर्नेछन् । यसपटकको नयाँ नियमअनुसार हरेक टोलीमा मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट आउने खेलाडीसहित कुल १४ जना नेपाली खेलाडीहरू रहनेछन् ।
अक्सनमा सबै टिमका मार्की खेलाडीसहित टिम सदस्यहरु रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।