काठमाडौं– एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।
सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ।
टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो। उसका लागि अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए।
यस्तै, शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका शेर मल्लले चार विकेट लिँदा करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।