काठमाडौं –एसियन गेम्स छनोटअन्तर्गत मलेसियालाई नेपालले १६७ रनले पराजित गरेको छ।
२ सय ७६ रनको लक्ष्य पाएको मलेसियाले ९ विकेट गुमाएर १०८ रन बनायो।
नेपालका लागि शेर मल्लले तीन विकेट लिँदा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल मल्ल र कप्तान दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।
सिंगापुर भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ७ विकेट गुमाएर २७५ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक व्याटिङ गर्दै १२६ रनको योगदान दिए।
उनी टी-२०आईमा लगातार दोस्रो शतक प्रहार गर्ने खेलाडीबनेका छन्। उनको करियरको यो तेस्रो शतक हो ।
त्यस्तै आसिफ शेखले ६८ रनको योगदान दिँदा कप्तान ऐरीले ३१ रन बनाएर आउट भए। सन्दीप जोरा १५, लोकेश बम १०, कुशल मल्ल ९, करण केसी ७ र सोमपाल कामीले एक रन बनाउँदा रोहित पौडेलले खाता खोल्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।