काठमाडौं– सिंगापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। यसअघि यूएईसँगको दुई खेलको टी–२० सिरिजमा टीममा नपरेका रोहित पौडेल टोलीमा फर्किएका छन्।
प्रतियोगिता मे ३१ देखि जुन ९ सम्म आयोजना हुनेछ।
नेपालको टोलीः दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, सोमपाल कामी, करण केसी र साहब आलम ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।