काठमाडौं– खेलभावनाविपरीत अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ क्यानले उनलाई कारबाही गरेको हो ।
केसीलाई कारबाहीस्वरुप एक खेलमा प्रतिबन्ध लगाउने र खेलको फि पनि नदिने निर्णय भएको हो ।
केसीले शनिबार फेसबुकमा 'कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिटेमा कति म्याच प्रतिबन्ध हुन्छ ?' भन्दै प्रश्न गरेका थिए । केही समयमै उनले उक्त स्टाटस हटाएर माफी मागिसकेका थिए ।
करणले माफी मागे पनि क्यानले कारबाहीको निर्णय लिएको हो ।
-1775977457-1775977954.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।