काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला यही महिना नेपालमा आयोजना हुने भएको छ ।
मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि हुने शृङ्खला स्थगन गरिएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले लिग २ को नयाँ तालीका आज सार्वजनिक गरेको हो । नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुने छ ।
शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन दुई–दुई पटक आपसमा भिड्ने तालिका छ ।
पहिलो म्याचमा नेपाल र यूएई प्रतिस्पर्धामा उत्रिनेछन् । दोस्रो म्याच ओमान र यूएईबीच २७ अप्रिलमा हुनेछ । यस्तै २९ अप्रिलमा नेपाल र ओमान, मे १ मा नेपाल र यूएई तथा ३ मेमा यूएई र ओमान भिड्नेछन् । अन्तिम म्याच ५ मेमा नेपाल र यूएईबीच हुने छ ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।