काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक भारतले इंग्ल्यान्डको सामना गर्दै छ ।
यी दुई टोलीबीचको सेमिफाइनल खेल बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।
इंग्ल्यान्ड र भारतबिच लगातार तेस्रोपटक आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा भिडन्त हुन लागेको हो। सन् २०२२ मा भएको सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई १० विकेटले हरायो। इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पछि पार्दै उपाधि उचालेको थियो। २०२४ को सेमिफाइनलमा भारतले शानदार जित हासिल गरेको थियो ।
समूह चरणमा अपराजित रहेको भारतले सुपर ८ मा एक हार बेहोरेको थियो भने इंग्ल्यान्डले समूह चरणमा एक हार बेहोर्दा सुपर ८ मा तीनवटै खेल जित्यो ।
सुपर ८ को समूह ‘१’ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई हराउँदै भारतले सेमिफाइनल स्थान पक्का गरेको थियो। समूह ‘२’ इंग्ल्यान्डले शतप्रतिशत नतिजा निकाली अन्तिम चार स्थान पक्का गर्यो।
सन् २०२४ मा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।