काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ को सुपर ८ सम्म पुग्दा वेस्टइन्डिजले टी–२० विश्वकप इतिहासमै दोस्रो ठूलो स्कोर बनाएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले जिम्बाब्बेविरुद्ध निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २५४ रनको विशाल स्कोर बनाएको हो ।
टी–२० विश्वकप इतिहासमै यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् २००७ को विश्वकपमा केन्याविरुद्ध श्रीलंकाले २६० रन बनाएको थियो । दोस्रोमा आयरल्यान्ड २३५ रनसहित रहेकोमा अब वेस्टइन्डिजले जिम्बाब्बेविरुद्ध २५४ रन बनाएको हो ।
वेस्टइन्डिजका लागि शिमरन हेटमायरले ३४ बलमा ८५ रनको विस्फोटक पारी खेले । रोवमान पावेलले पनि ३५ बलमा ५९ रन बनाए । शेरफाइन रथरफोर्डले ३१, रोमारियो शेफर्डले २१, कप्तान शाई होपले १४ र जेशन होल्डरले १३ रन बनाए ।
वेस्टइन्डिजले आफ्नो पारीमा १९ छक्का र १८ चौका प्रहार गरेको छ ।
जिम्बाब्बेका लागि रिचार्ड नगराव र बुलेसिङ मुजरबानीले २/२ विकेट लिँदा ब्राड एवान्स र ग्रेमी क्रिमरले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।