काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगिताका तिनै खेलमा हार बेहोरेको छ।
आज सम्पन्न खेलमा नेपाल भारत ए सँग ७ विकेटले पराजित गरेको हो। नेपालले दिएको ७९ रनको लक्ष्य पछाएको भारत ए ले ७।४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ ओभरमा अल आउट हुदै ७८ रन बनाएर अल आउट भएको थियो।
नेपाल प्रतियोगितामा यसअघि युएईसँग १८ रनले पराजित भएको थियो भने पाकिस्तान ए सँग ३० रनले पराजित भएको थियो। योसँगै नेपाल प्रतियोगिताबाट जितविहीन हुँदै बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।