काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ मा समूह चरण अन्तर्गत दोस्रो खेलमा नेपालको ब्याटिङ पूरै तरिकाले स्तब्ध भएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १२३ रनमै समेटियो ।
कुनै पनि नेपाली ब्याटरले इटालियन स्पिनरसामु रन बनाउन सकेनन् । एक पछि अर्को गर्दै विकेट खसेपछि नेपाली टिम मध्यम स्कोर बनाउनबाटसमेत चुकेको छ ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । कप्तान रोहित पौडेलले २३, आशिफ शेखले २०, दीपेन्द्र सिंह ऐरीले १७ र करण केसीले अविजित १८ रन जोडे । सन्दीप लामिछाने ५, कुशल भुर्तेल ५, लोकेश बम ३, गुल्शन झा ३, नन्दन यादव र ललित राजवंशी शून्य रनमा रनआउट भए ।
बलिङतर्फ इटालीका क्रिशन कलुगमगेले चार ओभरमा १८ रन दिँदै ३ विकेट लिए । यस्तै बेन मन्टेनीले ४ ओभरमा मात्र ९ रन खर्चिँदै २, जजे स्मट्स, अली हसन र जसप्रित सिंहले १/१ विकेट लिए ।
समूह चरणमा पहिलो खेल हारेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । अघिल्लो चरण पार गर्नका लागि इटालीका लागिसमेत महत्त्वपूर्ण रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।