काठमाडौं– टी २० विश्वकपको आफ्नो पहिलो म्याचमा नेपालले ईंग्ल्यान्डविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । ईंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो । नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् ।
नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । यस्तै स्पिन बलिङमा शेर मल्लले डेब्यू गर्दै छन् । एनपीएलमा गरेको उत्कृष्ट प्रदर्शन पछि उनी टिममा परेका हुन् ।
२३ वर्षीय मल्लले एकैपटक विश्वकपबाट राष्ट्रिय टिममा डेब्यू गर्ने अवसर पाएका छन् । उनलाई समेट्न ललित राजवंशीलाई वेञ्चमा राखिएको छ ।
टिममा लोकेश बमले पनि स्थान बनाएका छन् ।
प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।