काठमाडौं– टी–२० विश्वकप अन्तर्गत भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी यात्रा सुरु गरेको छ । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमै समेटियो ।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्ति र सुभम रनजनेले ३७/३७ रन बनाए । मिलिन्द कुमारले ३४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान मोनाङ्क पटेल शून्य रनमै आउट भए ।
भारतका लागि बलिङमा मोहम्मद सिराजले ३, अर्श्वदीप सिंह र अक्षर पटेलले २/२ र वरुण चक्रवर्तीले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले कप्तान सूर्यकुमार यादवको ८४ रनको पारीमा भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६१ रन बनायो ।
पहिलो पावर प्लेमै ४ विकेट गुमाएर दबाबमा आएको भारतलाई चुनौतीपूर्ण स्कोरतर्फ कप्तान यादवले योगदान दिए । उनले ४९ बलमा चार छक्का र १० चौकाको सहयोगमा ८४ रन बनाए ।
तिलक बर्माले २५ रन बनाउँदा इशान किशनले २० रन बनाए । अक्षर पटेलले १४ रन जोडे । अन्य ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । अविशेष शर्मा र शिवम दुवे शून्य रनमा गोल्डेन डकआउट भए ।
अमेरिकाका लागि श्याडली भान शुचालकयाकले सर्वाधिक ४ विकेट लिए । हरमित सिंहले २ विकेट लिँदा मोहम्मद मोहशिन र अलि खानले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।