काठमाडौं– टी–२० विश्वकपमा पाकिस्तानले जितसँगै प्रतियोगिताको सुरुवात गरेको छ ।
भर्खरै सम्पन्न प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हराउँदै विजयी यात्रा सुरु गरेको हो ।
१४८ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । अन्तिम २ ओभरमा २९ रन आवश्यक थियो ।
तर १९ औं ओभरमा फहिम असरफले तीन छक्का र दुई चौका प्रहार गरेपछि खेल पाकिस्तानको हातमा आएको थियो । अन्तिम ओभरमा पाँच रन बाँकी हुँदा साहिन साह अफ्रिदीले एक रन लिँदै फहिमलाई स्ट्राइक दिए । दोस्रो बल डट रह्यो भने तेस्रो बलमा चौका प्रहार गर्दै खेल जिताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।