काठमाडौं– न्यू चन्डिगढमा भारत र दक्षिण अफ्रिका बीच जारी टी–२० क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५१ रनले हराएको छ ।
क्विन्टन डी ककले मात्र ४६ बलमा ९० रन बनाए । उनले आफ्नो पारीमा ७ छक्का र पाँच चौका प्रहार गरे ।
यस्तै डोनोभन फरेराले १६ बलमा ३० रन र डेभिड मिलरले १२ बलमा २० रन बनाउँदा २० ओभरमा दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा २१३ रन बनायो ।
भारतले पहिलो पावर प्लेमै शुभमन गिल, अभिषेक शर्मा र कप्तान सूर्यकुमार यादवलाई गुमायो । तीलक वर्माको प्रदर्शन मात्र उत्कृष्ट रह्यो । उनले ३४ बलमा ६२ रन बनाए । भारत १९ दशलव १ ओभरमा अलआउट हुँदै १६२ रनमै समेटियो ।
यसका साथै दक्षिसण अफ्रिकाले पाँच खेलको म्याचमा १–१ को बराबरी गरेको छ । यसअघि दक्षिण अफ्रिकाले भारतलाई २१४ रनको लक्ष्य दिएको थियो । बलिङमा भारतका वरुण चक्रवर्तीलाई छाडेर अरु सबै बलर महँगा सावित भए ।
अर्शदीप सिंहले त ४ ओभरमा ५४ रन दिए । जसमा ७ वटा वाइड बल फ्याँके । दक्षिण अफ्रिका र भारतबीच पाँच टी–२० आई म्याचको सिरिज खेलिरहेका छन् । पहिलो खेलमा भारतले १०१ रनले जित दर्ता गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।