काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयू क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
लुम्बिनी इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
आज विजेता हुने टिमले शनिबार फाइनलमा सुदूरपश्चिमसँग उपाधि भिडन्त गर्नेछ । सुदूरपश्चिम गत सिजनको उपविजेता हो । यसपटक उत्कृष्ट लयमा रहेकाले उपाधि दाबेदार पनि हो ।
यता विराटनगर भने एक/दुई खेल बाहेक अन्यमा आक्रामक प्रदर्शन गर्दै आएको छ । लिग चरणका प्रदर्शन हेर्ने हो भने लुम्बिनीमाथि विराटनगर हाबी हुने देखिन्छ । तर टी–२० खेलमा यसै भन्न सकिँदैन । गत सिजनमा खराब प्रदर्शन गरेको विराटनगर यसपटक उपाधि उचाल्न चाहन्छ ।
तर आजको खेल विराटनगर र लुम्बिनीका लागि राइलभलरी जस्तै हुनेछ ।
किनकी समूह चरणमा लुम्बिनीले विराटनगरलाई हराएको थियो । विराटनगर सोही बदला लिनुका साथै फाइनलमा आफ्नो स्थान पक्का गर्न चाहन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।