काठमाडौँ– त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।
काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।
काठमाण्डु र लुम्बिनीबीच अहिलेसम्म २ पटक भेट भएको छ। दुवैमा काठमाण्डुले नै जितेको छ।
आजको विजेताले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्ने छ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।