काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यो खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोली इलिमिनेटरको विजेता हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।