काठमाडौं–डाविड मालानको उत्कृष्ट ब्याटिङमा चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको हो।
चितवनका लागि डेविड मलनले सर्वाधिक ८० रन बनाए। अर्जुन साउदले ५२ रनको योगदान दिँदा रवि बोपरा र सैफ जैवले क्रमश ३ र ७ रन बनाए। कुशल मल्लले अविजित ३० रन बनाए।
जनकपुरका लागि माझ सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोल लफ्टी इटनले समान एक एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।