काठमाडौं- दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् ।
बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन् । यस्तै दोस्रो खेल अपरान्ह ४ बजे हुने छ र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान बनाउँदा बाँकी ७ टोलीको सम्भावना कायमै छ।
चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ ।
अर्कोतर्फ जनकपुरले ४ खेल खेल्दा कुनैपनि खेल जितेको छैन ।
आजै हुने दोस्रो खेलमा कर्णाली र पोखराबीच प्रतिस्पर्धा हुनेछ। समान २ अंक जोडे रहेका यी टीली मध्ये पोखराले १ खेल कम ४ खेल खेलेको छ। प्लेअफको दौडमा रहेका यी दुईबीचको नतिजामा भर पर्छ। पोखरासँग हारेमा कर्णाली ६ खेलमा २ अंकसहित प्लेअफको दौडबाट बाहिरिनेछ।
मङ्सिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । १९ औं खेल सकिँदा सुदूरपश्चिम ५ खेलमा अपराजित रहँदै १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। १ खेल बढी खेलेको काठमाण्डु गोर्खाज् ४ जित र २ हारको नतिजा निकाल्दै ८ अंक सहित दोस्रो स्थानमा रहँदा ५ खेलबाट समान अंक जोडेको विराटनगर किङ्स तेस्रो र ४ खेलमा २ जित र २ हारसहित ४ अंक सहित चितवन राइनोज चौंथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।