काठमाडौं– काठमाडौं स्पोर्ट्स् एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने भएको छ।
प्रतियोगिता माघ १४ गते देखि माघ २१ गतेसम्म काठमाडौंको मूलपानी मैदानमा हुनेछ। प्रतियोगितामा १६ वटा टीमको सहभागिता रहनेछ। यो प्रतियोगिता टी–१० फर्म्याटमा खेलिनेछ र खेलका नियमहरू आईसीसीको आधिकारिक नियमअनुसार हुनेछन्।
टीमको सहभागिताको लागि दर्ता शुल्क एक लाख रुपैयाँ रहेको छ। पहिले नाम दर्ता गर्ने टिमलाई प्राथमिकता प्रदान गरिने छ। प्रत्येक टिममा ११ खेलाडी रहनेछन् जहाँ ८ खेलाडी प्लेइङ र ३ जनालाई अतिरिक्त खेलाडीको रूपमा राख्न पाइनेछ। प्रत्येक टिमले कम्तिमा ३ खेल खेल्न पाउनेछ। यस प्रतियोगिताका विजेता टिम तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आकर्षक पुरस्कार सहित सम्मान गरिनेछ।
यो प्रत्योगिताका टेक्निकल डाइरेक्टर रबिन्द्र गुप्ताका अनुसार, धेरै वर्षदेखि सुपर सिक्स आउटडोर क्रिकेट प्रतियोगिता हुँदै आएको थियो, तर कोरोनापछि त्यो बन्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।