काठमाडौं– नेपाल मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी–२० शृंखला अन्तर्गत पहिलो खेलमा तीन रनले पराजित भएको छ । १०४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा सात रन आवश्यक हुँदा नेपालले तीन रन मान बनाउन सक्यो र पराजित भयो ।
यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ ।
क्वालालम्पुरको बायुमास मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पाँच विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।
घरेलु टिमका लागि विनफ्रेड डुरेसिंगमले सर्वाधिक २६ रन बनाइन् । त्यसमा जवाफमा नेपालले सात विकेट गुमाएर १ सय १ रन मात्र बनाउन सक्यो । त्यसमा पूजा महतोले सर्वाधिक ३० रन बनाइन् ।
यस्तै सम्झना खड्काले १८ रन जोडिन् । नेपालले वुमेन्स विश्वकप छनोट अगाडि मलेयिाविरुद्ध यो शृंखला खेल्दैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।