काठमाडौं– युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी नेपाल र वेस्टइन्डिजबीचको युनिटी कप अन्तर्गत दोस्रो खेलमा नेपालले वेस्टइन्डिजलाई १७४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको हो । नेपालका लागि आशिफ शेख र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गरेको नेपालका लागि सन्दीप र आशिफले आक्रामक शतकीय साझेदारी गरेका थिए ।
जोराले ३४ बलमा अर्धशतक प्रहार गरे । त्यसक्रममा उनले ३ छक्का र तीन चौका प्रहार गरे । जोराले आउट हुनुअघि ३ चौका र पाँच छक्का प्रहार गर्दै ६३ रन बनाए ।
त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालका लागि सुरुवात खराब भए पनि आशिफले आक्रामक पारी खेल्दै बलमा ३४ बलमा अर्धशतक प्रहार गरेका थिए । उक्त क्रममा उनले ८ चौका हिर्काए । उनले ४७ बल खेल्दै २ छक्का र ८ चौका प्रहार गर्दै अविजित ६८ रन बनाए ।
कुशल भुर्तेल २ रनमा, रोहित पौडेल ३ रनमा र कुशल मल्ल सात रनमा आउट भए पनि सन्दीप जोरा र आशिफ शेखले पारी सम्हालिरहेका छन् । मल्ल रनआउट भएका हुन् भने कुशल भुर्तेल र रोहित पौडेलको विकेट वेस्टइन्डिजका कप्तान अकिल हुसैनले लिएका हुन् ।
यस्तै आदिल आलम अन्सारीले एक छक्का र एक चौकाको सहयोगमा ५ बलमा ११ रन बनाए । गुल्शन झाले रन ६ बलमा एक छक्का प्रहार गर्दै ६ रन बनाए । वेस्टइन्डिजका लागि अकिल हुसैन र कायल मायर्सले २/२ विकेट लिँदा जेदिहा ब्लादेसले एक विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो खेल जितेको नेपाल दोस्रो खेल पनि लगातार जित्दै सिरिज आफ्नो नाममा पार्न चाहन्छ । यता वेस्टइन्डिज पनि कमब्याक गर्न चाहन्छ । पहिलो खेलमा १४८ रनको मध्यम लक्ष्य पाएको वेस्टइन्डिज १२९ रनमा सीमित भएको थियो । पहिलो पटक क्रिकेट इतिहासमा टेस्ट राष्ट्रविरुद्ध १९ रनको एतिहासिक जित नेपालले आफ्नो नाममा दर्ता गरेको थियो ।
यस्तै आज आदिल आलमको पुनरागमन भएको छ । लामो समयपछि उनको राष्ट्रिय टोलीमा अन्तर्राष्ट्रिय खेलका लागि पुनरागमन भएको हो । पहिलो खेलमा नन्दन यादव घाइते भएपछि अलराउन्डर आदिल आलमलाई टिममा समावेश गरिएको हो ।
आज नेपालले आदिल बाहेक अरु परिवर्तन गरेको छैन । आजको खेलमा पनि सन्दीप लामिछाने समावेश छैनन् । पहिलो खेलमा व्यक्तिगत कारणले उपलब्ध नभएका सन्दीप आज पनि टिममा छैनन् ।
अन्य खेलाडीहरु भने पहिलो खेलकै समावेशहरु छन् ।
यस्तो छ प्लेइङ ११
रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, ललित राजवंशी, सोमपाल कामी, करण केसी र आदिल आलम अन्सारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।