काठमाडौं– नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट रङ्गशालामा नेपालले टस हार्दै ब्याटिङको निम्तो पाएको हो । दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजको सिनियर टिमसँग नेपालले पहिलोपटक ऐतिहासिक खेल खेल्न लागेको हो।
यसअघि नेपालले कुनै पनि पूर्ण सदस्य राष्ट्रसँग यस्ता ढाँचामा सिरिज खेलेको थिएन । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ ।
आज मुख्य लेग स्पिनर सन्दील लामिछाने बेन्चमा छन् । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिमको प्लेइङ ११ मा सन्दीप जोरा पनि अटाएका छन् ।
यस्तो छ नेपालको प्लेइङ ११
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र ललित राजवंशी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।