काठमाडौँ – भारतले ट्वान्टी ट्वान्टी एसियाकप २०२५ को शुक्रबार राति भएको सुपर फोरको अन्तिम खेलमा श्रीलंकालाई सुपर ओभरमा पराजित गरेको छ।
भारत यसअघि नै फाइनल पुगिसकेको छ र उसले अब आइतबार हुने उपाधिको भिडन्तमा पाकिस्तानको सामना गर्नेछ।
दुबईमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय २ रन बनाएको थियो।
त्यसमा अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए भने तिकल वर्माले ४९ रनको योगदान गरे। जवाफमा श्रीलंकाले पनि पाँच विकेटमा २ सय २ रन बनाएको थियोँश्रीलंकाको यो प्रदर्शनमा ओपनर पथुम निसान्का नायक रहे र उनले शानदार १ सय ७ रन बनाए। उनले ५८ बलको मात्र सामना गरेर सात चौका र छ छक्का प्रहार गरे। उनको यो पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शतक होँ उनी नै प्लेयर अफ द म्याच पनि बने।
तर उनको यो प्रदर्शन जितका लागि भने पर्याप्त रहेन्। अर्सदीप सिंहको सुपर ओभरमा श्रीलंकाले दुई रन मात्रै बनाउन सक्यो। भारतका लागि सूर्यकुमार यादवले प्रतिउत्तरमा पहिलो बलमै जितका लागि आवश्यक रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।