काठमाडौं– यूएईमा शनिबार सुरु हुने नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२०आई सिरिज युनिटी कपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन र कान्तिपुर म्याक्सबाट हुने भएको छ ।
टेलिभिजन प्रसारण अधिकारका लागि बुधबार कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर र रुटिन अफ नेपाल बन्द प्रालिका विवेक मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
युनिटी कप टेलिभिजनमा कान्तिपुर टेलिभिजन र कान्तिपुर म्याक्स तथा युट्युबमा ‘रुटिन अफ नेपाल बन्द’मा प्रत्यक्ष प्रसारण हुनेछ । सम्झौताअनुसार शनिबार खेलिने प्रतियोगिताको पहिलो खेल कान्तिपुर टेलिभिजन तथा सोमबार र मंगलबार हुने दुई खेल कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।