काठमाडौं– मैत्रीपूर्ण अभ्यास खेलका लागि आसामको गहावटीमा रहेको नेपाली ‘ए’ टिमले आसामलाई २०९ रनको लक्ष्य दिएको छ ।
सिरिज जित्नका लागि आजको खेल जित्नै पर्ने दबाबका साथ टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०८ रनको विशाल स्कोर खडा गरेको हो ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले । उनले ३९ बलमा ५ छक्का र दुई चौका प्रहार गरे । यस्तै शुभ कंसाकारले २६ बलमा चार छक्का र एक चौकाको सहयोगमा ४१ रन बनाए ।
ओपनर इशान पाण्डेले २० बलमा चार चौका र २ छक्कासहित ३२ रन जोडे । आदिल आलम अन्सारीले नटआउट ३ छक्का हान्दै ११ बलमा २५ रन बनाए ।
यस्तै अनिल साहले १० बलमा एक चौका हान्दै ११ रन जोडे । बसिर अहमदले रिटायर हर्ट हनुअघि ८ बलमा एक चौकासहित १० रन जोडे । विवेक यादवले ४ बलमा एक छक्का प्रहार गर्दै ७ रन बनाए । पवन सर्राफले भने २ बलमा अविजित १ छक्कासहित ७ रन बनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।