काठमाडौं– आईसीसी विश्वकप तयारीका लागि अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय टोलीले साउथ अस्ट्रेलियाविरुद्धको एक दिवसीय अभ्यास खेलमा २ विकेटको जित निकालेको छ ।
नेपालको जितमा कप्तान रोहित पौडेलको अविजित शतकीय इनिङ्स महत्त्वपूर्ण रह्यो । १६१ रनको अवस्थामा ८ विकेट गुमाएको नेपाललाई रोहित पौडेल र सोमपाल कामीले उकासे । उनीहरुबीच अविजित ८५ रनको साझेदारी भयो ।
कप्तान पौडेलले अविजित १०१ रन बनाउँदा सोमपाल कामीले अविजित ३८ रन बनाए । उनको अलराउन्ड प्रदर्शन रह्यो । यस्तै गुलशन झाले ३६ रन बनाउँदा कुशल भुर्तेलले २६ रन बनाए ।
टस हार्दै पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा अलआउट हुँदै २४२ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले ४४ दशमलव १ ओभरमा ८ विकेट गुमाउँदै २४४ रन बनायो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।