काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले वर्षको उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि प्राप्त गरेको छ।
खेल क्षेत्रको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा क्यानलाई सो पुरस्कार दिएको हो।
आज आयोजित एक कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले खेलकुद मन्त्री तेजुलाल चौधरीबाट अवार्ड ग्रहण गरे। सामाजिक सञ्जालमा पारसले राखेपप्रति अभार प्रकट गरेका छन्। उनले क्रिकेट संघलाई गतिशील र प्रभावकारी बनाउँदै देशको उदाहरणीय संघ बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
आगामी दिनहरुमा समेत नेपाली क्रिकेटको निरन्तर विकास र विस्तारमा नेपाल क्रिकेट संघ अहोरात्र लागि परिरहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।