काठमाडौं– वार्म अफ म्याचका क्रममा साउद अस्ट्रेलियासँग नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकै दिन दुई हारसँगै यता भारत भ्रमणमा रहेको ‘ए’ले पनि पहिलो खेलमा आसामविरुद्ध पराजय भोगेको छ ।
साउद अस्ट्रेलियासँग सिनियर टोलीले आज खेलेका दुई टी–२० खेलमा झिनो पराजय भोगेको छ । पहिलो खेल अन्तिम बलमा पुगेर तीन विकेटले हारेको राष्ट्रिय टोलीले दोस्रो खेलमा पनि १६१ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम बलमा चौका हान्न नसक्दा ३ रनको हार व्यहोरेको हो ।
यता नेपाल ‘ए’ टीम आसामको गुवाहटीमा आसामसँग १५ रनले पराजित भएको हो । पहिले ब्याटिङ गर्दै आसाममा १९१ रनको बलियो लक्ष्य दिएको थियो ।
जवाफी लक्ष्य पछ्याउने क्रममा नेपालले ८ ओभरमा ६३ रन बनाउँदा तीन विकेट गुमाएको थियो । तर त्यतिकैमा पानी पर्न थालेपछि खेल रोकियो । लामो समयसम्म पनि पनि नरोकिएपछि खेल डीएल मेथडमा गयो । र नेपाल १५ रनले पराजित भयो । नेपालका लागि खेल रोकिनुअघि २१ बलमा ३३ रन बनाइसकेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।