काठमाडौं – लेग स्पिनर सन्दीप लामिछानेको ५ विकेट लिएपछि नेपालले पहिल टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि सानदार जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा नेपाल ४१ रनले विजयी भएको हो। नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो।
सन्दीपले ४ ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए। करण केसीले २, रुपेश सिंह, गुलशन झा र कुशल भुर्तेलले समान १ विकेट लिए।
एसिटीका लागि जे स्मिथले अर्धशतक बनाए। ५० रन बनाएका उनलाई रुपेशले आउट गरे। के ब्रुनकेरले नकआउट २७ र के केओगले २५ रन जोडे भने अन्य कुनै ब्याटर चलेनन्।
त्यसअघि ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङसँगै अर्धशतक बनाएपछि नेपालले ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो।
आसिफले ३९ बलमा ५ छक्का र ४ चौकासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए। कप्तान रोहित पौडेलले २८ बलमा २ चौका र १ छक्काका साथ ३६ रन जोडे।
आरिफ शेखले २४, दीपेन्द्र सिंह ऐरीले २१ , गुलशनले नटआउट ८ र अर्का ओपनर कुशलले ७ रन बनाए। भीम सार्की, लोकेश बम र रुपेश सिंहले रनको खाता खोल्न सकेनन्। इभान, रहमान ,दुबे र ब्रुनकरले समान २ विकेट लिए।
टप एन्ड टि-ट्वान्टी सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपाली टोलीले पहिलो अभ्यास खेलको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।