काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम तथा महत्त्वपूर्ण खेलमा पाकिस्तान साहिन्सबाट १४५ रनको मध्यम लक्ष्य पाएको छ ।
टस जित्दै पहिले ब्याटिङ रोजेको पाकिस्तान साहिन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रन बनाएको हो । पाकिस्तानका लागि इरफान खानले सर्वाधिक ४२ रन बनाउँदा अब्दुल समदले २६ रन बनाए । यस्तै मोहम्मद वासिमले २३, यासिर खानले १८ र मेहरन मुम्ताजले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यस्तै नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २/२ विकेट लिँदा कुशल भुर्तेलको नाममा एक विकेट रह्यो ।
सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको आठौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल राम्रो रनरेटका आधानरमा जित्नैपर्ने दबाब छ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
आजको खेलमा कप्तान रोहित पौडेल नै रहेका छन् । यस्तै लगातार अघिल्लो खेलमा बेन्चमा बसेका ओपनर आशिफ शेख पनि टिममा परेका छन् ।
यस्तो त नेपालको प्लइङ ११
रोहितकुमार पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, गुल्शन झा, लोकेश बम, आरिफ शेख, नन्दन यादव, सोमपाल कामी र सन्दीप लामिछाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।