काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम तथा महत्त्वपूर्ण खेलमा पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
पाकिस्तान साहिन्सले टस जित्दै आफूद्ये ब्याटिङ रोजेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।
सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको आठौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल राम्रो रनरेटका आधानरमा जित्नैपर्ने दबाब छ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
आजको खेलमा कप्तान रोहित पौडेल नै रहेका छन् । यस्तै लगातार अघिल्लो खेलमा बेन्चमा बसेका ओपनर आशिफ शेख पनि टिममा परेका छन् ।
यस्तो त नेपालको प्लइङ ११
रोहितकुमार पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, गुल्शन झा, लोकेश बम, आरिफ शेख, नन्दन यादव, सोमपाल कामी र सन्दीप लामिछाने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।