काठमाडौं –अष्ट्रेलियामा जारी टप इन्ड सिरिज अन्तरगत आफ्नो चौंथो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ।
डार्बिनमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीले टस जित्दै पहिला आफूले ब्याटिङ रोजेको छ भने कप्तान रोहितकुमार पौडेलले मेलबर्न रेनेगेट्स एकेडेमीलाई फिल्डिङको निम्तो दिएको हो।
आजको खेलमा नेपालले मुख्य दुई खेलाडी नै परिवर्तन गरेको छ। ब्याटिङमा लगातार खराब फर्ममा रहेका कप्तान रोहितकुमार पौडेल र ओपनर आशिफ शेखलाई नै बेन्चमा राखेको छ। यस्तै लेग स्पिनर सन्दीप लामिछाने पनि बेन्चमै छन्।
आजको प्लेइङ ११ मा गुश्लन झा, रुपेशकुमार सिंह, सोमपाल कामी र साहब आलमलाई फेरि मौका दिइएको छ।
आजको प्लेइङ ११
दीपेन्द्र सिंह ऐरी (कप्तान), लोकेश बम (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, गुल्शन झा, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दन यादव र साहब आलम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।