काठमाडौँ– अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले आफ्नो चौथो खेलमा नेपालले हर्बट हुरिकेन्सलाई १८१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको हो।
नेपालका लागि आरिफ शेखले ३३, आशिफ शेखले २९, कुशल भुर्तेलले २७ तथा लोकेश बमले अविजित रहँदै २५ रन जोडे।
यस्तै भीम सार्कीले १८, कप्तान रोहित पौडेलले ९, कुशल मल्लले ६, करण केसीले १ तथा नन्दन यादव १ रनमा नटआउट रहे।
हुरिकेन्सका लागि निभिथन राधाकृष्णन र रफ म्याकमिलिनले २/२ विकेट लिँदा मार्कस बेन, ग्याबी बेल र ब्रान्डली होपले एक/एक विकेट लिए।
आजको खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरी नै बेन्चमा छन्।
लगातार खराब फर्ममा रहेका कारण दीपेन्द्रलाई आजको खेलमा प्लेइङ ११ मा नराखिएको हो। यस्तै आज सोमपाल कामी, साहब आलम, गुल्शन झा र रुपेश सिंह पनि बेन्चमै छन्।
यस्तै लोकेश बम, नन्दन यादव र रिजन ढकाललाई मौका दिइएको छ। हिजोको खेलमा बेन्चमा बसेका करण केसी पनि आज प्लेइङ–११ मा परेका छन्।
यस्तो छ आजको प्लेइङ–११
रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख, लोकेश बम, नन्दन यादव, करण केसी र रिजन ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।