काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगितामा नेपालले आफ्नो चौथो खेलमा पहिले ब्याटिङ रोजेको छ।
टस जित्दै नेपालले चौथो खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको हो।
लगातार तीन खेल हारेको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। आजको खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरी नै बेन्चमा छन्।
लगातार खराब फर्ममा रहेका कारण दीपेन्द्रलाई आजको खेलमा प्लेइङ ११ मा नराखिएको हो। यस्तै आज सोमपाल कामी, साहब आलम, गुल्शन झा र रुपेश सिंह पनि बेन्चमै छन्।
यस्तै लोकेश बम, नन्दन यादव र रिजन ढकाललाई मौका दिइएको छ। हिजोको खेलमा बेन्चमा बसेका करण केसी पनि आज प्लेइङ–११ मा परेका छन्।
यस्तो छ आजको प्लेइङ–११
रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख, लोकेश बम, नन्दन यादव, करण केसी र रिजन ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।