काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड टी–२० प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेलमा पनि पहिले फिल्डिङ गर्ने भएको छ ।
बंगलादेशले टस जित्दै आफूले ब्याटिङ गर्ने निर्णय लिएर नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।
पहिलो खेल नर्दन स्ट्राइकरसँग हारेको नेपाल आज जित निकाल्दै कमब्याक गर्न चाहन्छ । आज नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ ।
शुक्रबार नर्दनसँगको खेलमा मैदान उत्रिएका सोमपाल कामी, रुपेश सिंह र साहब आलम आज बेन्चमा रहेका छन् ।
उनीहरुको स्थानमा करण केसी, रिजन ढकाल र नन्दन यादवलाई टोलीमा समावेश गरिएको हो ।
यस्तो छ नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने र गुल्शनकुमार झा ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।