काठमाडौं– अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकरसँग टप एन्ड टी–२० प्रतियोगितामा नेपाल पराजित भएको छ ।
पहिलो खेलमा नेपाल नर्दनसँग ४२ रनले पराजित भएको हो । नर्दनले दिएको १७८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमै समेटियो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउँदा गुल्शन झाले २६, कप्तान रोहित पौडेलले २३, दीपेन्द्र सिंह ऐरीले १९, आशिफ शेखले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसअघि यस अघि टस हारेर ब्याटिङ गरेको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकरले ८ विकेट गुमाउदै १७८ रनको लक्ष्य दिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा सहाब आलमले २, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र रुपेश सिंहले एक/एक विकेट लिएका थिए ।
नेपाल रहेको समूहमा पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् । नेपालले भोलि बंगलादेशसँग खेल्नेछ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपालले समूहचरणमा ६ खेल खेल्नेछ । लिग चर्मा शीर्ष चार टोलीबीच सेमिफाइनल भिडन्त हुनेछ ।
तेस्रो खेल सोमबार मेलबर्न स्टार्सविरुद्ध र मंगलबार होबार्ट हुरिकेन्ससँग खेल्नेछ । यस्तै बुधबार मेलबर्न रेनेगेड्सविरुद्ध तथा समूह चरणको अन्तिम खेल शुक्रबार पाकिस्तान साइन्सविरुद्ध खेल्नेछ । यस प्रतियोगितापछि अक्टुबरमा आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा जानेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।