काठमाडौं– अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० प्रतियोगितामा आफ्नो पहिलो खेलमा फिल्डिङ गरेको छ ।
पहिलो खेलमा नेपालले स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकरविरुद्द टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको हो ।
आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाली टोली अस्ट्रेलिया भ्रमणमा गएको हो । कूल ११ टिम सहभागी यस प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरुसमेत छन् ।
त्यसैले पनि नेपालका लागि अनुभव मात्र नभई विश्वकप तयारीका लागि उच्च बनोबल प्रदान गर्ने प्रतियोगिताका रुपमा रहेको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदान उत्रिएको छ ।
नेपाल रहेको समूहमा पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् । यस्तै सिरिजमा अस्ट्रेलियाको बिगबास लिगको हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगेड्स लगायतको सहभागिता छ ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपालले समूहचरणमा ६ खेल खेल्नेछ । लिग चर्मा शीर्ष चार टोलीबीच सेमिफाइनल भिडन्त हुनेछ । नेपालको दोस्रो खेल शनिबार बंगलादेश ‘ए’ विरुद्ध खेल्नेछ ।
तेस्रो खेल सोमबार मेलबर्न स्टार्सविरुद्ध र मंगलबार होबार्ट हुरिकेन्ससँग खेल्नेछ । यस्तै बुधबार मेलबर्न रेनेगेड्सविरुद्ध तथा समूह चरणको अन्तिम खेल शुक्रबार पाकिस्तान साइन्सविरुद्ध खेल्नेछ । यस प्रतियोगितापछि अक्टुबरमा आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा जानेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।