काठमाडौं– टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो।
राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झन्डा हस्तान्तरण गरेका थिए। त्यस्तै कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ।
अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो। अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ।
यस्तै टप एण्ड टी-२० सिरिजमा नेपालबाट ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन् । ललितकी आमाको आइतबार निधन भएसंगै नेपाल क्रीकेट संघ (क्यान) उनको ठाउँमा शाहवलाई टोलीमा राखेको हो । क्यानले यसअघि नै टप एण्ड टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो ।
अगस्ट १४ बाट सुरु हुने उक्त सिरिजका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । त्यसअघि क्यानले आज खेलाडीलाई एक कार्यक्रम गर्दै बिदाइ गरेको हो । बिदाईमा शाहव सहभागी छन् ।
नेपाली टीम
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।