काठमाडौं– नेपाली क्रिकेट इतिहासमै व्यक्तिगत सर्वाधिक रन बनाउने रौनक श्रीवास्तव एनपीएल सिजन २ मा अलसोल्ड भएका छन् ।
शनिबार भएको अक्सनमा सी क्याटागोरीमा रहेका श्रीवास्तव अनसोल्ड भएका हुन् । उनी नेपालका लागि व्यक्तिगत सर्वाधिक रन बनाउने पहिलो खेलाडी हुन् ।
उनलाई कुनै पनि टिमले खरिद गर्न इच्छा देखाएनन् । उनले गत यू–१६ इस्ट जोन कपमा भुटानविरुद्ध १६८ रन बनाएका थिए ।
यस्तै घरेलु प्रतियोगितामा उनी दोहोरो शतक बनाउने पनि पहिलो खेलाडी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।